धनुषामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना, चालकको मृत्यु

२०८३ बैशाख ६, आईतवार २०:१३
file image

सर्लाही – धनुषामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको कमला नगरपालिका-७, सिङ्ग्याहीमा खेतबाट माटो ओसार्ने क्रममा स १ त ५१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक कमला नगरपालिका-६ घर भएका चालक आकाश यादवको मृत्यु भएको हो।

प्रहरीका अनुसार चालकको मृत्यु घटनास्थलमै भएको हो। अहिले मृतकको शव परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार