सर्लाही – धनुषामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने शिशुसहित तीन जना घाइते भएका छन्।
मंगलबार मिथिला नगरपालिका – ६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा ३१ वर्षीया विनिता कुमारी महतो गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा १६ वर्षीया अनुष्का कुमारी महतो र आठ महिनाकी बालिका घाइते भएका छन्। मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन्। घाइतेहरूको ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





