सर्लाही – बारामामा पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका – ५ लक्ष्मीपुर घर भएका रमेश माझीका छोरा ६ वर्षीय मनिश माझी रहेका छन्। कोल्हवी नगरपालिका – ५ सखुवाबा टोलस्थित पोखरीमा डुबेर उनि अशक्त भएका थिए।

त्यसपछि उनलाई उपचारका लागि बाराको सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। सोहि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





