बलरामा करेन्ट लागेर एक जना युवक गम्भीर घाईते

२०८३ बैशाख १२, शनिबार ०७:२४
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको बलरा नगरपालिका – ४ मा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन्। शुक्रबार राति करिब ९ बजेतिर स्थानीय २२ वर्षीय बिनोद झा आफ्नै घरमा बत्ती बाल्नका लागि विद्युत् तार ज्याकमा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन्।

घाइते झालाई तत्काल धुलिखेल अस्पताल बलरामा सामान्य उपचार गरिएपछि थप उपचारका लागि मेडिकल कलेज जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलराबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। घाइतेको उपचारमा उनका हजुरबुवा उपेन्द्र झा संलग्न रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार