आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

२०८३ बैशाख १३, आईतवार ०८:३१

सर्लाही – आज विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।

विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।

विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार