लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस लिने प्रहरी हवल्दार पक्राउ

२०८३ बैशाख १३, आईतवार १४:२५
साङ्केतिक तस्बिर

सर्लाही – कास्कीमा लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिने प्रहरी हवल्दार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

लागुऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीपछि आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा शनिवार नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार