सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

२०८३ बैशाख १४, सोमबार ०७:५३
सांकेतिक तस्बिर

सर्लाही – सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु भएको छ, भने श्रीमान् घाइते भएका छन्।

जिल्लाको मिर्चैया नगरपालिका – ९ भगवानपुर टोलमा मंगलबार राति करिब साढे १० बजे परेको चट्याङ लागेर ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको हो। प्रहरीका अनुसार रंजितादेवीको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, सोहि घटनामा उनका श्रीमान ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार