नुहाउने क्रममा पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

२०८३ बैशाख १४, सोमबार ०८:५२

सर्लाही – रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दुर्गा भगवती गाउँपालिका – १, पिपराटोल बस्ने गौरीशङ्कर साह कलवारका ५ वर्षीय छोरा कृष साह कलवार रहेका छन्।

प्रहरीका अनुसार उनि घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६ बजे तिर बेपत्ता भएको भएका थिए। बालक नुहाउने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरीको टोली खटिएको थियो ।

प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई फेला पारी तत्काल उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल गंगापिपरा पुर्याएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्ने क्रममा साँझ ७ः०० बजे बालकलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार