बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८३ बैशाख १६, बुधबार २०:५१
सांकेतिक तस्बिर

सर्लाही – बाराको पथलैया – वीरगन्ज सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पर्साको पोखरिया नगरपालिका – ३ बसन्तपुर निवासी ४० वर्षीय राम चमारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना २७ प ३०२१ नम्बरको मोटरसाइकल जीतपुरसिमरा उपमहानगरपालिका – २३ स्थित डाबर नेपाल अगाडि अचानक अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक राम र उनकी पत्नी ३५ वर्षीया जानकी देवी गम्भीर घाइते भएका थिए। दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डक अस्पताल लगिएकोमा उपचारकै क्रममा रामको मृत्यु भएको हो।

घाइते जानकी देवीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार