सर्लाहीमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

२०८३ बैशाख १७, बिहीबार ०७:१७
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको हरिपुर नगरपालिका – ६ लक्ष्मिपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा गोडैता नगरपालिका – ९ निवासी अन्दाजी ४० वर्षीय मनोज ठाकुर रहेका छन्। बुधबार साँझ करिब ५ः५५ बजे उनी सडकमा उतानो परेर अचेत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा पुग्दा ठाकुरको मुखबाट फिज निस्किरहेको अवस्थामा फेला परेका थिए। शरीरमा बाहिरी चोटपटक भने नरहेको प्रहरीले जनाएको छ। उनको साथबाट गोडैता नगरपालिकाद्वारा जारी अपाङ्गता परिचयपत्र, प्रभु बैंकको चेक तथा केही औषधि फेला परेको थियो।

त्यसपछि प्रहरीले तत्काल उपचारका लागि आफ्नै गाडीमार्फत प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार