सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८३ बैशाख २२, मंगलवार ०८:२३
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको बागमती नगरपालिका – २ धरहरा चौकस्थित नयाँ रोड–बरहथवा सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो ।

सोमबार साँझ करिब ५ः४५ बजे नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतिय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्री बागमती नगरपालिका – २ धरहरा टोल निवासी अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगञ्ज पठाइएको थियो । पछि उनलाई एल.एस. न्युरो अस्पताल बारा लगिएकोमा चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका – २ निवासी अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार