जेनजी आन्दोलनमा फरार जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका प्रतिवादी बिरगंजबाट पक्राउ

२०८३ बैशाख २२, मंगलवार ०९:०६
सांकेतिक तस्बिर

सर्लाही – जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय सुनाइएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको गुर्वाकोट नगरपालिका – २ निवासी २२ वर्षीय बेगम विक रहेका छन्।

उनलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका–४ स्थित विर्ता चोक क्षेत्रबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा विकलाई नियन्त्रणमा लिएको हो।

उनी यसअघि जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए। प्रहरीका अनुसार विकमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतले ८ वर्ष कैद सजाय र ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

कैद भुक्तान गरिरहेकै अवस्थामा सुधार गृहबाट फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। पर्सा प्रहरीका अनुसार पक्राउ परेका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः बाल सुधार गृह वीरगञ्ज पठाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार