विश्व रेडक्रस दिवस मनाइँदै

२०८३ बैशाख २५, शुक्रबार ०७:०३

सर्लाही – आज (शुक्रबार) विश्व रेडक्रस दिवस मनाइँदै छ ।

हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो ।

समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार