सप्तरीमा नुहाउने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु

२०८३ बैशाख २५, शुक्रबार २२:००

सर्लाही – सप्तरीमा नुहाउने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको बोदेबरसाइन नगरपालिका – १ मनहौरीकी १४ वर्षीया करिना कुमारी यादवको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय क्षेत्रमा जडान गरिएको विद्युतीय मोटरयुक्त कलमा नुहाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी करिनालाई उपचारका लागि तत्काल छिन्नामस्ता अस्पताल राजविराज लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार