पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

२०८३ बैशाख २६, शनिबार २०:५०
सांकेतिक तस्बिर

सर्लाही – सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको सिरहा नगरपालिका–१९ निवासी १४ वर्षीया कृषाकुमारी ठाकुरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार बिहान घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा उनी अचानक डुबेर अशक्त भएकी थिइन्।

परिवारका सदस्य र स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार