गोडैतामा सडेको अवस्थामा शव फेला

२०८३ बैशाख २७, आईतवार २१:१६

मलंगवा – सर्लाहीको गोडैतामा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

आइतबार साँझ करिब ४ः३० बजेतिर गोडैता नगरपालिका – ६ बग्दहस्थित चिनिमिल नजिक हुलाकी सडकखण्डको छेउमा बेवारिसे अवस्थामा शव रहेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीको टोलीले अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला पारेको जनाएको छ। मृतकको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरीको टोलि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको प्रकृतिबारे अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार