मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

२०८३ जेष्ठ १, शुक्रबार ०८:५९

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।

यसका लागि बिहान ११ बजे मधेस प्रदेश सभा बैठक बोलाइएको छ। सत्ता साझेदार जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले केही दिनअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीका नेता चन्दन सिंहले आफ्ना सांसदलाई सरकारको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन् । यद्यपि जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सरकार ढल्ने सम्भावना भने कम देखिएको छ ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद सरकारको पक्षमा रहेकाले मुख्यमन्त्री यादवले सहजै विश्वासको मत पाउने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार