वीरगन्जबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

२०८३ जेष्ठ ३, आईतवार १४:३४

सर्लाही – वीरगन्जबाट खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका – ३२ का २० वर्षीय राहुल सिंह र बाराको जितपुर सिमरा उपमहानगरपालिका – ७ निवासी १९ वर्षीय नन्दन गुप्ता रहेका छन् ।

शनिबार वीरगन्ज – ३१ स्थित कटगेनवा सडक खण्डबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार ना.३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचाकतर्फ आउँदै गरेका उनीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार