सर्लाही – मधेस प्रदेश सभामा नवनियुक्त प्रदेश सभा सदस्य सरिताकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख रामअशिष यादवले उनलाई शपथ गराएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रदेश सभा सदस्य बनेकी सरिताकुमारी ठाकुरलाई निर्वाचन आयोगको वैशाख ३० गतेको निर्णय अनुसार नियुक्त गरिएको हो। यसअघि राप्रपाबाट प्रदेश सभा सदस्य रहेकी कञ्चन बिच्छा एमाले नेतृत्वको सरकारमा मन्त्री बनेपछि पार्टीले उनलाई फिर्ता बोलाएको थियो।

तर निर्देशन नमानेपछि राप्रपाले अनुशासनको कारबाही गर्दै प्रदेश सभा सदस्य पदबाट हटाएको थियो। त्यसपछि रिक्त स्थानमा ठाकुरलाई नियुक्त गरिएको हो।





