महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित रंगेहात पक्राउ

२०८३ जेष्ठ ८, शुक्रबार १८:५९

सर्लाही – महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका अनुसार एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको सूचनाका आधारमा खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । उनलाई औरही सडक क्षेत्रबाट आज ( शुक्रबार ) पक्राउ गरिएको हो।

यादवले योजनासम्बन्धी काम मिलाइदिने भन्दै रकम मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । पक्राउपछि उनीसँग थप नगदसमेत रहेको आशंकामा अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार