हेटौंडाबाट लागूऔषधसहित महोत्तरीका एक युवक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार ०९:२३
साङ्केतिक तस्बिर

सर्लाही – मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका गढन्त घर भई हाल हेटौंडा–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कुमार लामालाई प्रक्राउ गरेको हो ।

प्रहरीले उनको शरीर तथा डेराकोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३०० मिलिग्राम गाँजाको धुलो (पोलार) जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति प्राप्त गरेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार