जाजरकोट – जाजरकोटमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भेरी नगरपालिका–१३ निवासी ३२ वर्षीय खिमराज बटाला रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरी टोलीले बटालालाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






