मधेस प्रदेशको नीति कार्यक्रम: ‘मेड इन मधेस, समृद्ध प्रदेश’ ( पूर्णपाठसहित )

२०८३ जेष्ठ १५, शुक्रबार १५:२९

सर्लाही – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राखेको छ । शुक्रबार प्रदेशसभामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ भन्ने नारालाई केन्द्रमा राखेर स्थानीय उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा जोड दिएको छ । २७ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ ।

सरकारले ‘किसानको शान, मधेसको मखान’ नारासहित मखान उत्पादन, प्रशोधन र बजारीकरणलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । मखानको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमार्फत यसको बजार विस्तार गर्ने योजना पनि कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै, माटोको उर्वराशक्ति संरक्षण र सुरक्षित कृषि उत्पादनमा जोड दिँदै सरकारले प्राङ्गारिक मलको प्रयोग बढाउने, विषादी प्रयोगलाई निरुत्साहित गर्ने तथा माटो परीक्षण अभियान सञ्चालन गर्ने नीति अघि सारेको छ । ‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ भन्ने नारासहित सरकारले दिगो कृषि प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार