सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु

२०८३ जेष्ठ १६, शनिबार १५:५१
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा विद्युतीय करेन्ट लागेर एक किसानको मृत्यु भएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका – १ भारदहका ४८ वर्षीय सहदेव लौगीको खेतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार लौगी आफ्नै केरा बगानमा धानको बीउ छर्नका लागि पानीको व्यवस्था गर्दै थिए। विद्युतीय मोटरमार्फत पानी तान्न तार जडान गर्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। मधेस प्रदेशका जिल्लामा मोटर जडान तथा सञ्चालनका क्रममा सावधानी नअपनाउँदा किसानले ज्यान गुमाउने घटनाहरू बेलाबेला हुने गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार