रास्वपा रामनगर समितिको सभापतिमा नरेश राय

२०८३ जेष्ठ १६, शनिबार २०:०२

धड्कन संवाददाता, रामनगर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामनगर नगर समितिको सभापतिमा नरेश राय सर्वसम्मत चयन भएका छन्।

नगर समितिको प्रथम अधिवेशनले रायको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। अधिवेशनबाट गोपाल पण्डित उपसभापति, राम ईश्वर साह कोषाध्यक्ष तथा रितुराज शर्मा सचिवमा चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा सूर्यप्रकाश मिश्र, रामप्रवेश सहनी, राम ईश्वर राय यादव, बबिता दास, रामानन्द बैठा, ललिता देवी र पूजा गिरी रहेका छन्। अधिवेशनले सल्लाहकार समितिसमेत गठन गरेको छ। सल्लाहकार समितिमा बन्तिलाल यादव, बैजुलाल दास, सुरेन्द्र तिवारी र शिवजी राउत चयन भएका छन्।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको अधिवेशनले संगठन विस्तार, सदस्यता वृद्धि र जनमुखी अभियानलाई आगामी दिनमा प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार