१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा ५४ वर्षीय भारतीय नागरिक पक्राउ

२०८३ जेष्ठ १६, शनिबार २०:४२
सांकेतिक तस्बिर

सर्लाही – ललितपुरमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई हाल ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्दै आएका ५४ वर्षीय रमेश साह रहेका छन्।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार