महोत्तरीमा इनार खन्ने क्रममा निसास्सिएर सर्लाहीका एक युवकको मृत्यु

२०८३ जेष्ठ १७, आईतवार ०९:२९

सर्लाही – महोत्तरीको गौशाला नगरपालिका – १२ कान्तिबजारस्थित परडिया टोलमा इनार खन्ने क्रममा निसास्सिएर सर्लाहीका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका – १३ श्रीनगर निवासी बसन्त कुमार महतो रहेका छन्। परडिया टोलमा इनार खन्ने कार्यमा संलग्न रहेका महतो इनारभित्र काम गरिरहेका बेला निसास्सिएका थिए।

घटनापछि स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको बताईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार