रौतहटमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

२०८३ जेष्ठ १९, मंगलवार १८:४४
सांकेतिक तस्बिर

सर्लाही – रौतहटको देवाही गोनाही नगरपालिका – ४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

मंगलबार घरनजिकैको धारामा नुहाउने क्रममा मोटर जडान गरिएको धारामा विद्युत् प्रवाह भई स्थानीय बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारी पटेललाई करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार