दुवै मिर्गौला फेल भएकी सर्लाहीकि सपनाको जीवन बचाउन सहयोगको अपिल

२०८३ जेष्ठ २७, बुधबार २१:५६

लालबन्दी – लालबन्दी नगरपालिका  – ६ निवासी सपना तामाङ सुनुवार दुवै मृगौला फेल भई जीवन र मृत्युको दोसाँधको अवस्थामा रहेकाले उनको जीवन रक्षा गर्न परिवारले सहयोग अपिल गरेका छन् ।

तीन साना छोरीकी आमा सपनाको जीवन बचाउन अहिले आर्थिक सहयोग संकलन थालिएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण नियमित उपचार र डायलाइसिसको खर्च जुटाउन धौधौ भइरहेको उनको परिवारले जनाएको छ ।

सपनाको उपचार सहयोग गर्न अभियान चलाइएको छ । उनलाई नयाँ जीवन दिने अभियानमा सहभागी हुन परिवारले अपिल गरेका छन् । ‘आज तपाईंको सानो सहयोग पनि अमूल्य बन्न सक्छ।

अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ आजको तपाईंको सानो सहयोगले भोलि एउटा आमाको जीवन, तीन छोरीहरूको भविष्य र एउटा परिवारको मुस्कान बचाउन सक्छ।’

सपनाको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा परिवारले सबैलाई आफ्नो गच्छेअनुसार सहयोग गर्न अनुरोध गरेको छ ।

सहयोगका लागि :

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार