सर्लाही – सिरहा प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका – २ लालपुरका २१ वर्षीय श्यामसुन्दर साह रहेका छन्।
इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–२ छजनामा शंकास्पद अवस्थामा हिँडिरहेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट ८ ग्राम ८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद लागुऔषधसहित साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।





