नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन : जसपा अध्यक्ष यादव

२०८३ जेष्ठ ३१, आईतवार १९:१८
file image

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताएका छन्।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेपाल भारत सीमा सम्बन्धी विषयहरू ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गरे। उनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति देश स्पष्ट रहेको उल्लेख गर्दै नेपालले कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको दाबी गरे।

“नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन। सीमासम्बन्धी विवाद भएका क्षेत्रहरू ऐतिहासिक दस्तावेज, सन्धि तथा प्रमाणका आधारमा समाधान हुनुपर्छ,” यादवले भने।

उनले नेपाल ‘भारत सम्बन्धलाई अझ सुदृढ र मैत्रीपूर्ण बनाउन दुवै देशले आपसी सम्मान, समानता र विश्वासका आधारमा संवाद अघि बढाउनुपर्ने बताए। सीमा सम्बन्धी विषयलाई विवादको रूपमा नभई आपसी समझदारी र कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिए।’

पत्रकार सम्मेलनका क्रममा अध्यक्ष यादवले राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र तथा वर्तमान राजनीतिक अवस्थाबारे पनि धारणा राखेका थिए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन सबै समुदायको अधिकार सुनिश्चित गर्न आवश्यक रहेको बताए। साथै देशको राजनीतिक स्थायित्व, सुशासन र समावेशी विकासका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार