खेतमा चामलको बोराभित्र लुकाएर राखिएको एक क्विन्टल गाँजा बरामद

२०८३ जेष्ठ ३१, आईतवार १९:३२
सांकेतिक तस्बिर

सर्लाही – पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित मरैया चोकमा खेतभित्र लुकाइराखिएको एक क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त क्षेत्रमा खोजतलास गर्दा चामलका पाँच वटा बोराभित्र लुकाएर राखिएको अवस्थामा १०० किलो गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गाँजा बेवारिसे अवस्थामा खेतमा राखिएको थियो। गाँजा कसले त्यहाँ ल्याएर लुकाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनाबारे थप अनुसन्धान अघि बढाइएको र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको जानकारी दिए। प्रहरीले लागू औषध ओसारपसारमा संलग्न समूहको पहिचान गर्न विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार