सर्लाही – रौतहटको बौधीमाई नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार दिउँसो करिब १२:४५ बजे बौधीमाई नगरपालिका – ६ स्थित बलवान ईँटा उद्योग नजिक रहेको पानी जमेको खाल्डोमा स्थानीय दिपेन्द्र राय यादवका १० वर्षीय छोरा सुप्रित यादव मृत अवस्थामा फेला परेका हुन्।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।





