बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

२०८३ असार ८, सोमबार २१:०३
सांकेतिक तस्बिर

सर्लाही – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका एक पैदल यात्रुलाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवक र पैदल यात्रु गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

मृतकमध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया घर भई हाल काठमाडौं बस्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौंको टोखा नगरपालिका निवासी २० वर्षीय डिजेन जोशीको पहिचान खुलेको छ।

ठक्करबाट मृत्यु भएका पैदल यात्रुको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार