सर्लाहीमा अवैध काठसहित एक जना पक्राउ

२०८३ असार ९, मंगलवार १९:४१
File image

मलंगवा – सर्लाही प्रहरीले अवैध रूपमा ढुवानी भइरहेको काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–३ निवासी ४३ वर्षीय सुरेन्द्र महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज बिहान करिब ५ बजे मलंगवा नगरपालिका–१० स्थित झिम नदी नजिक गोप्य सूचनाका आधारमा ज ६ प ८५३६ नम्बरको ट्र्याक्टरलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा अवैध काठ फेला परेको थियो।

प्रहरीले ट्र्याक्टरमा लोड गरिएको पिपल र सिमल प्रजातिका ३० वटा काठका गुलिया बरामद गरेको जनाएको छ। बरामद काठको परिमाण करिब १५० दशमलव ०५ क्युफिट रहेको प्रहरीले जनाएको छ।

अवैध काठसहित पक्राउ परेका महतोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय लालबन्दीमा बुझाइएको छ। घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान तथा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार