सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
बन्द सत्र पछि निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचित घोषणा गरेको (रास्वपा) निर्वाचन आयोगका उप—प्रमुख राम गुरुङले जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिए ।

सभापतिमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको बताए । अव केन्द्रीय समिति सदस्यका लागि भने मतदान प्रकृयाबाट अगाढि बढ्ने उप—प्रमुख राम गुरुङले जानकारी दिए । – नेपाल न्युज बैंक





