मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी टोलीले खोजतलास तथा विशेष अभियान सञ्चालन गरी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आज सम्मानित सर्लाही जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीमध्ये एक जना जबरजस्ती करणी मुद्दाका रहेका छन्। त्यस्तै लागुऔषध मुद्दाका २ जना, ठगी मुद्दाका १ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका १ जना, बिगो मुद्दाका १ जना तथा जालसाजी मुद्दाका १ जना रहेका छन्।
उनीहरूबाट अदालतले तोकेको १ लाख ६९ हजार रुपैयाँभन्दा बढी जरिवाना, १ वर्ष कैद सजाय तथा अन्य कानुनी दायित्व कार्यान्वयन गरिने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतम ले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जानकारी दिएका छन्।





