मलंगवा – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन्।
सोमबार सर्लाही पुगेका डीआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा, अपराध अनुसन्धान शाखा, हिरासत कक्ष तथा अन्य प्रशासनिक इकाइहरूको स्थलगत निरीक्षण एवं अवलोकन गरेका थिए।

निरीक्षणका क्रममा शाखाहरूको कार्यसम्पादन, सेवाप्रवाह, सुरक्षा व्यवस्थापन तथा अभिलेख व्यवस्थापनको अवस्थाबारे जानकारी लिँदै आवश्यक सुझाव र निर्देशन दिएका थिए।
निरीक्षणपछि आयोजित निर्देशन तथा सम्बोधन कार्यक्रममा डीआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारी र कार्यालय प्रमुखहरूलाई नागरिक सर्वोच्चता, सुशासन, व्यावसायिक आचरण, अनुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाह सम्बन्धी विषयमा विशेष निर्देशन दिएका थिए।





