रमजानको अवसरमा साउदीले दियो ३३ नेपाली कैदीलाई आममाफी, छिट्टै नेपाल फर्किदै

२०८३ असार १६, मंगलवार १७:१२

सर्लाही – साउदी अरब सरकारले रमजानको अवसरमा जेल सजाय भोगिरहेका ३३ जना नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार आममाफी पाएका ती नेपाली नागरिक आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै स्वदेश फर्कनेछन्।

मन्त्रालयले जनाएको अनुसार रियादस्थित नेपाली दूतावासले गरेको अनुरोधका आधारमा साउदी सरकारले ३३ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो। आममाफीको प्रक्रिया पूरा भएसँगै उनीहरूलाई नेपाल फर्काउने तयारी अघि बढाइएको छ।

परराष्ट्र मन्त्रालयले साउदी अरब सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै यस निर्णयले नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको जनाएको छ।

मन्त्रालयका अनुसार आममाफी प्राप्त नेपाली नागरिकले साउदी अरबको कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कनेछन्। उनीहरूको स्वदेश फिर्तीका लागि आवश्यक समन्वय नेपाली दूतावासले गरिरहेको पनि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार