सर्लाहीमा बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

२०८३ असार १८, बिहीबार २०:३४
File image

मलंगवा – सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबै प्रतिवादीलाई आज ( बिहिबार ) सम्मानित सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका १ जना रहेका छन्, जसलाई ९ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

त्यसैगरी लागुऔषध मुद्दाका १ जना चालु कैद सजाय भएका प्रतिवादी पक्राउ परेका छन्। यस्तै, ज्यान मार्ने उद्योग मुद्दाका ३ जना पक्राउ परेका छन्, जसलाई ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको छ।

बिगो मुद्दाका १ जनालाई ६ महिनाको कैद सजाय रहेको छ भने जालसाजी मुद्दाका १ जनालाई १ लाख १ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ। यसरी विभिन्न पाँच प्रकारका मुद्दामा फरार रहेका ७ जना प्रतिवादी पक्राउ परेका छन्।

उनीहरूविरुद्ध अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार