जनकपुरबाट पोखरातर्फ जान लागेको बस मकवानपुरमा दुर्घटना

२०८३ असार २०, शनिबार १५:०३
सांकेतिक तस्बिर

सर्लाही – जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना६ख ७४५७ नम्बरको यात्रुवाहक बस मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्ट नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बसमा रहेका यात्रुको उद्धार गरिएको थियो। गम्भीर घाइते भएका नौ जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा करिब ३० देखि ३५ जना यात्रु सवार थिए। अन्य यात्रु भने सामान्य अवस्थामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डीएसपी माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ। दुर्घटनापछि बस चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ निवासी ५० वर्षीय धनीराम विश्वकर्मालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार