बलात्कार र ठगी आरोपमा जनमत पार्टीका नेता पक्राउ

२०८३ असार २४, बुधबार १८:४४
सांकेतिक तस्बिर

सर्लाही – जनमत पार्टी सप्तरीका जिल्ला कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अधिकारीविरुद्ध दर्ता भएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी हेमराज घिमिरेले आरोप सम्बन्धी जाहेरी परेपछि अदालतबाट म्याद थप अनुमति लिएर विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए। प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि सम्पर्कविहीन रहेका थिए।

खोजी अभियानका क्रममा मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार