सर्लाहीमा बिभिन्न मुद्दाका २६ जना फरार प्रतिवादी पक्राउ

२०८३ असार २५, बिहीबार ०९:१३
साङ्केतिक तस्बिर

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका २६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गर्ने क्रममा सवारी ज्यान, लागुऔषध, चेक अनादर, ज्यान सम्बन्धी कसुर, परीक्षाको मर्यादा भंग, मोटरसाइकल चोरी, कुटपिट, किर्ते जालसाजी, गाली बेइज्जती तथा कुटपिट अंगभंग लगायतका मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका १ जना, लागुऔषधका २ जना, चेक अनादरका २ जना, ज्यान सम्बन्धी कसुरका १ जना, परीक्षाको मर्यादा भंगका १ जना, मोटरसाइकल चोरीका ३ जना, कुटपिटका ९ जना, किर्ते जालसाजीका ३ जना, गाली बेइज्जतीका २ जना तथा कुटपिट अंगभंग मुद्दाका २ जना रहेका छन्।

पक्राउ परेका प्रतिवादीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि बुधबार सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार