सर्लाहीमा बीबीए अध्ययनको अवसर: ब्रह्मभूमि इन्स्टिच्युटमा भर्ना खुला, साउन ११ सम्म आवेदन दिन सकिने

२०८३ असार २५, बिहीबार १०:५९

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – २ स्थित ब्रह्मभूमि इन्स्टिच्युट अफ साइन्स, टेक्नोलोजी एन्ड म्यानेजमेन्टले शैक्षिक सत्र २०८३/०८४ का लागि ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन ( बीबीए ) कार्यक्रममा भर्ना खुला गरेको छ।

राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त संस्थाले व्यवस्थापन क्षेत्रमा दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित बीबीए कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

बीबीए अध्ययनका लागि प्रवेश परीक्षा दिन इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको अनलाइन पोर्टलमार्फत आवेदन फाराम भर्न सक्नेछन्। संस्थाका अनुसार आवेदन फाराम बुझाउने अन्तिम मिति साउन ११ गतेसम्म रहेको छ भने प्रवेश परीक्षा आवेदन शुल्क १ हजार रुपैयाँ तोकिएको छ।

कलेजले विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न अनुभवी तथा प्रेरणादायी शिक्षक टोली, सूचना प्रविधिमा आधारित शिक्षण प्रणाली, निःशुल्क वाईफाई सहितको डिजिटल कलेज वाताबरण, पुस्तकालय तथा अनुसन्धानमैत्री अध्ययन वातावरण उपलब्ध गराउँदै आएको जनाएको छ।

त्यस्तै, विद्यार्थीको क्षमता विकासका लागि प्रोजेक्ट वर्क, सेमिनार, वर्कसप र फिल्ड भिजिट जस्ता अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन गरिने कलेजले जनाएको छ। रोजगारीका अवसरसँग जोड्न रोजगार समन्वय केन्द्रको व्यवस्था, सुरक्षित यातायात सेवा, खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत व्यक्तित्व र नेतृत्व विकासमा समेत विशेष ध्यान दिइने संस्थाको भनाइ छ।

ब्रह्मभूमि इन्स्टिच्युटले बीबीए अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई मलंगवा नगरपालिका – २ स्थित कार्यालयमा सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। भर्ना तथा प्रवेश परीक्षासम्बन्धी थप जानकारीका लागि ०४६–५९०७४५, ९७६५६९८९८८, ९८६४०८१३१५ र ९८६४००८६०७ नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार