गणेश नेपाली प्रकरणको छानबिन माग्दै अमरेशले भने – राजनीतिभन्दा माथि मानवता हो

२०८३ असार २६, शुक्रबार १४:१९

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद सिंहले गणेश नेपालीको ज्यान जोगाउन धेरै प्रयास गरिए पनि सफल हुन नसकेको भन्दै उनको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

उनले दिवंगत नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। यस्ता दुःखद घटना भविष्यमा दोहोरिन नदिन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ।

सिंहले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न आग्रह गर्दै कुनै पनि विषयमा राजनीतिभन्दा मानवता ठूलो हुने धारणा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार