बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंजबाट पक्राउ

२०८३ श्रावण २, शनिबार ०८:०५
साङ्केतिक तस्बिर

सर्लाही – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका – १४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा ३ दिन कैद र ४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका – १२ श्रीपुरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार