सर्लाहीको कोडैनामा करिब ४ सय २० किलो गाँजासहित दुई जना पक्राउ

२०८३ श्रावण २, शनिबार १७:२५

मलंगवा – सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको कोडेना गाउँपालिका – १ सुकचैनास्थित क्षेत्रमा गाँजाको बिक्री वितरण तथा भण्डारण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमको कमाण्डमा खटिएको १२५ सदस्यीय प्रहरी टोलीले विभिन्न घर तथा स्थानमा खानतलासी गर्दा घर र बारीमा लुकाइछिपाइ राखिएको अवस्थामा २१ वटा बोरामा प्याक गरिएको ४१९ दशमलव ९३ किलोग्राम गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार बरामद गाँजासँगै प्रहरीले डिजिटल नापतौल गर्ने ४ वटा ठूला तराजु र १ वटा साना तराजु समेत नियन्त्रणमा लिएको छ।

प्रहरीले कोडेना गाउँपालिका – १ सुकचैनाका २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउतलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार