बारामा धान खेतमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

२०८३ श्रावण ४, सोमबार ०९:५८

सर्लाही – बाराको सुवर्ण गाउँपालिका – ७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी छोरी लालु कुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनी केही दिनदेखि मामा घरमा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामा घर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार