सर्लाही – बारामा नदीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो जीतपुरसिमरा उपमहानगरपालिका – ३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुनको सरिसवा नदीमा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार फुलतारा आफ्नी आमा सलियान खातुनसँग जीतपुरसिमरा उपमहानगरपालिका – ७ स्थित पहाडी टोलमा आफन्तको घर गएकी थिइन्। त्यही क्रममा घर नजिकै रहेको सरिसवा नदीको किनारमा खेल्ने क्रममा उनी अचानक नदीमा खसेर डुबेकी थिइन्।
घटनापछि आमा सलियानले तत्काल बालिकालाई नदीबाट बाहिर निकालेर उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल पुर्याएकी थिइन्। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।





