सर्लाहीमा एक पुरुष मृत फेला

२०८३ श्रावण ६, बुधबार १५:३५

मलंगवा – सर्लाहीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको लालबन्दी नगरपालिका – ७ स्थित डुमडुमेमा एक पुरुष मृत फेला परेका हुन्।

प्रहरीका अनुसार सोहि ठाउँका ४२ वर्षीय उमेश विश्वकर्मा बुधबार दिउँसो तरकारी बजार परिसरमा रहेको शौचालयमा मृत अवस्थामा फेला परेका हुन्। विश्वकर्मा शौचालय प्रवेश गर्ने स्थान नजिकै मृत अवस्थामा भेटिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक विश्वकर्माको शव परीक्षणका लागि जिल्ला सदरमुकाम मलंगवास्तित प्रादेशिक अस्पतालमा पठाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार